सपना कतिपय
कुमार काफ्ले जीवनका अभ्यस्त भोगाइरुलाई कथानकता दिन खप्पिस देखिएका छन् । व्यवहारिक कुराहरुलाई कथामा पर्गेलेर रचिएका लघुकथाहरु समावेश भएको कृति हो सपना कतिपय ।
हाम्रा दैनिकीका कुराहरु,समाजका यथार्थताहरु,वर्तमान सामाजिक परिवेशका विसंगतिपूर्ण अवस्थाहरुलाई कथामा चित्रण गरिएका छन् ।मानिसका जीवनलाई प्रत्यक्ष र परोक्ष रुपमा प्रभावित पार्ने विभिन्न संस्कारजन्य कुराहरु पनि समेटिएका छन् । समाजमा विभिन्न अभाव र पीडाग्रस्त जीवन बाँचेका मान्छेका विवशताका व्यथाहरु कथाहरुका विषय बनेका छन् ।
यसका साथै प्राणी र वातावरणको संरक्षण र सम्बद्र्धन तर्फपनि कतिपय कथाहरु लक्षित देखिएका छन् । ५४ वटा विषयगत विविधताका कथाहरुले सपना कतिपय भरिएको छ। कथाहरुमा सकारात्मक भाव छ । यी कथाहरु प्रगतिशील चेतले भरिपुूर्ण लाग्छन् । सरल भाषाशैली कथाहरु सृजना भएका छन् ।
प्रस्तुत सपना कतिपयलाई नमस्ते आधुनिक लघुकथा मञ्च चितवनले प्रकाशनमा ल्याएको हो ।