काठमाडौं । देशका अधिकांश स्थानमा तापक्रम बढ्ने क्रममा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, तापक्रम बढेसँगै तराई भूभागमा आइतबार तातो दिन हुनेछ ।
आज,मधेस प्रदेशलगायत वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै अन्य केही भूभागमा तातो दिन हुने सम्भावना रहेको विभागले जनाएको छ ।
कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागलगायत बाँकी हिमाली भूभागमा साधारणतया बादल लागेको छ ।
साथै, मधेस र कोसीको तराई भूभागमा आंशिक बादल लागेको र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको विभागले जनाएको छ।
यस्तै,पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।