पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
आइतबार जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका स्रेस्तेदार राजन खनालले उक्त कुराको जानकारी दिएका हुन् ।
गत कात्तिक २ गते पक्राउ गरी पोखरा लगेपछि लामिछानेलाई चौथो पटक आइतबार अदालतमा उपस्थित गराइएको हो।पटकपटक म्याद थप गरेर लामिछानेमाथि अनुसन्धान गरिएको छ।
लामिछानेलाई आइतबार चौथो पटक म्याद थपका लागि अदालत उपस्थित गराइएको थियो।





