काठमाडौं । मानव तस्करी मुद्दामा जोडिएका कोसी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री एवं प्रदेशसभा सदस्य लीलावल्लभ अधिकारीलाई पार्टीबाट निलम्बन गरिएको छ ।
शनिबार च्यासलमा बसेको नेकपा (एमाले)सचिवालय बैठकबाट हालका निम्ति उनलाई पार्टीका सबै जिम्मेवारीबाट मुक्त गर्ने निर्णय सदर गरिएको नेता प्रदीप ज्ञवालीले जानकारी दिए ।संघीय र प्रदेश सरकारको अनुमतिबेगरै उनी कात्तिक १३ गते जापान उडेका थिए । टोकियो विमानस्थलमा उनलाई ४८ घण्टा राखेर फिर्ता गरेको पाइएको थियो । उनी नेपाल फर्कनासाथ मन्त्री पदबाट राजीनामा दिएका थिए ।
उनीसँगै तीनजना सोही मन्त्रालयको नक्कली कार्ड बनाएर जापान उडेको खुलेको थियो ।