
काठमाडौं । काठमाडौंमा अपराह्नपछि वर्षा हुने सम्भावना छ ।
मौसमविद् गोविन्द झाका अनुसार काठमाडौंमा हल्का वर्षा हुनेछ । काठमाडौंका विभिन्न ठाउँमा दुई र तीन घण्टा वर्षा हुनेछ । वाग्मती, गण्डकी, कोसी र तराईका विभिन्न भू–भागमा आज वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।
भोलीबाट क्रमशः मौसममा सुधार आउने बताइएको छ ।






