
काठमाडौं ।नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले १५ बुँदे स्पष्टीकरण सोधेको छ।
ऊर्जामन्त्री दीपक खड्काको नेतृत्वमा बसेको बैठकले घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोधेको हो।
विभिन्न शाखा प्रमुखमा मन्त्रीले भनेअनुसारका कर्मचारी राख्ने कुरा घिसिङले नमान्दा स्पष्टीकरण सोधिएको मन्त्रालय स्रोत बताउँछर्।





