
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मंगलबारको लागि मूल्य सार्वजनिक गरेको छ ।
जस अनुसार आज मुडेको आलु प्रति केजी न्यूनतम ७८ रुपैयाँ पुगेको छ भने सुकेको प्याज तीन रुपैयाँले घटेर ११२ रुपैयाँ कायम रहेको छ ।
त्यस्तै, स्थानीय काउलीको मूल्य प्रतिकेजी ९० रुपैयाँ पुगेको छ भने रातो मूला२० रुयैयाँले बढेर ५० रुपैयाँपुगेको छ ।
रायोको साग प्रतिकेजी १ं० रुपैयाँले घटेर १४० रुपैयाँ, बरेला १४० रुपैयाँ, कन्यच्याउ १७० रुपैयाँ, ब्रोकाउली १६० रुपैयाँ रहेको छ ।
आज हरियो खुर्सानीको भाउ प्रतिकेजी ३० रुपैयाँले बढेर १३० रुपैयाँपुगेको छ भने, सुकेको खुर्सान्ी ४३० रुपैयाँ नै कायम छ । फूजी स्याउ ३००, केरा १४० ,अनार ३३० रुपैयाँ तोकिएको छ ।







