चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध चितवनको मुग्लिनमा सहकारी पीडितले प्रदर्शन गरेका छन् ।
मुग्लिन बजारमा सहकारी पीडितले कालो ब्यानर र झण्डासहित प्रदर्शन र नाराबाजी गरेका हुन् ।
उनीहरुले ‘नयाँ पार्टीको नयाँ काम, सहकारीको पैसा झ्वाम’, ‘स्टन्टबाजी बन्द गर, सहकारीको पैसा फिर्ता गर,’ श्रमजीवी जनताको पैसा खान पाइँदैन, गरिब मार्न पाइँदैन’, सहकारी पीडितलाई न्याय दे, सहकारीको पैसा फिर्ता गर लगायतका नारा लगाएका थिए ।
रवि लामिछाने शुक्रबार चितवनको इच्छाकामना गाउँपालिका, मुग्लिनमा पार्टीको सार्वजनिक सुनुवाई कार्यक्रम गरेर काठमाडौं फर्कने क्रममा यस्तो नारावाजी भएको हो ।