काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छभने कारोबार रकम पनि घटेको छ ।आज परिसूचक २२ दशमलव ३६ अङ्कले घटेर दुई हजार चार सय ६४ दशमलव ४० को विन्दुमा कायम भएको छ । अघिल्लो दिनको तुलनामा २२.३६ अंक घटेसँगै परिसूचक नेप्से २४६४ अंकमा झरेको छ । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ८४ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५ करोडमा खुम्चियो ।
४६ कम्पनीको मूल्य बढ्दा १९३ को कम्पनीको शेयर मूल्य घटेको नेप्सेले जनाएको छ भने ५ को स्थिर रह्यो । यस दिन व्यापार र हाइड्रोपावर उल्लेख्य घटे । व्यापार २.९७ र हाइड्रोपावर २.३६ प्रतिशत घटे । देशमा पछिल्लो समयको बाढीपहिरोले केही हाइड्रोपावर आयोजनामा क्षति पुगेपछि समग्र सेक्टरलाई नै यसले असर पारेको देखिन्छ । बैंकिङपछि यो समूह बजारको दोस्रो शक्तिशाली समूह हो ।




