
काठमाडौं । मित्रराष्ट्र श्रीलंकाका पूर्ब राष्ट्रपति गोताबाया राजापाक्ष आफ्ना धर्मसंगिनी सहित गोपुच्छ पर्बत स्वयम्भूको धार्मिक यात्रा लागि आउनु हुँदा स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अध्यक्ष महास्थबीर भिक्षु श्री धर्ममूर्तिले हार्दिक स्वागत गर्नु भएको थियो। सो अवसरमा नेपाल स्थित श्रीलंकाका राजदूत महामहिम एयर चीफ मार्सल श्री सुदर्शन पाथिवरा पनि उपस्थित हुनुहुन्थ्यो ।

अध्यक्ष धर्ममूर्ति बाट स्वयम्भमा रहेका विभिन्न चैत्य, मूर्ति, पंचपूर, घण्टा, बज्र, सतलहरुको बारेमा पूर्ब राष्ट्रपतिलाई अबलोकन जानकारी गराउनुका साथै मन्जुश्री पर्बतको र स्वयम्भू संगको सम्बन्धका बारेमा पनि महत्वपूर्ण जानकारी दिनु भएको थियो ।
अवसरमा महासमितिका महासचिब श्री अशोक काजि बुद्धाचार्यले स्वयम्भू मा रहेका चैत्य र बुद्ध संग्रहालयका बारेमा जानकारी दिनु भएको थियो ।सहकोषाधक्ष प्रा डा. केशब श्रेष्ठले शांतिपुरको संरचना, बज्रयानी सम्बन्ध र किवदन्ती बारेमा बताउनु भएको थियो।

भ्रमणकै क्रममा पूर्बराष्ट्रपति बाट आनन्दकुटी बिहारको पनि अबलोकन गर्नु भएको थियो ।





