
साबिक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)ले यूईएफए च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोनाविरुद्व ४–२ को जित निकालेको छ ।
मंगलबार पार्क डेस प्रिन्सेसमा घरेलु टोली पीएसजीलाई जित दिलाउन डिजिरे डुए, लुकास हर्नान्डेज, भिटिन्हा र फावियन रुइजले एक–एक गोल गरे । बार्सिलोनाका जाभी एस्पर्ट र लामिन यामलले एक–एक गोल फर्काए ।
खेलको ३८औँ मिनेटमा डुएको गोलमार्फत फ्रेन्च क्लब पीएसजीले अग्रता लिएको थियो । ५५औँ मिनेटमा एस्पर्टले बार्सिलोनालाई बराबरीमा ल्याए ।
हर्नान्डेजले ७२औँ मिनेटमा गोल गर्दा पीएसजी २–१ ले अगाडि बढ्यो । सात मिनेटपछि नै यामलले गोल गर्दा खेल २–२ को स्थितिमा आयो ।
भिटिन्हाले ८१ र रुइजले ८६औँ मिनेटमा गोल गर्दै पीएसजीलाई ४–२ को जित दिलाए ।
लगातार तेस्रो जितसँगै तीन खेलबाट ९ अंक जोडेको पीएसजी शीर्षस्थानमा छ ।
