
मुक्तक
ज्ञानु दाहाल
१.
विविधताको देश नेपाल हो रहेछ
साँस्कृतिकता भेष नेपाल हो रहेछ
कतै सुख्खा डाँडा कतै आहा! हरियाली
पृथ्वीको अजीव शेष नेपाल हो रहेछ।
२.
नेपालको सेरोफेरो साँच्चै स्वर्गको परी नै रहेछ
हिमाल पहाड तराई अप्सरा सरी नै रहेछ
अपर मुस्ताङको मोहक सौन्दर्य हेरी आउँदा
विदेश भ्रमण गर्नेलाई आँखा तरी नै रहेछ।
३.
तिमीले भनेका कुरा सबै सबै सार्न भुलेछु
देखावटी कुरा गरि साँच्चै हो झैँ पार्न भुलेछु
कस्तो होला यो मायाको ससार भनी सोच्दा सोच्दै
आफ्नो दिलमा चोखो मायाको घडेरी खार्न भुलेछ।
४.
मेरो खुशी साट्ने वादन हौ तिमी
तिर्खा भोक मेट्ने रासन हौ तिमी
हेरेर तिमी सधैं दङ्ग पर्छु म
मन खुशी पार्ने साधन हौ तिमी।
५.
जस्तो सोचे दुरुस्त नै पाएँ तिमीलाई
भावनामा ओतप्रोत छाएँ तिमीलाई
असल साथ मिल्छ भन्छन् है सन्जोगले
आत्मादेखि चोखो प्रीत लाएँ तिमीलाई ।

