
काठमाडौं । ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ पुस्तक लेखक वीणा जोशी (राजभण्डारी)लाई मदन पुरस्कार र गीतकार किरण खरेललाई जगदम्बाश्री पुरस्कार प्रदान गरिएको छ ।
विराटनगरमा जन्मिएर काठमाडौंमा हुर्किएकी जोशीलाई २०८२ सालको मदन पुरस्कार अर्पण गरिएको हो ।
नृत्य कलाविद् जोशीको ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ पुस्तक २०८३ जेठ ३ गते विमोचन भएको थियो । १४ सय लामो पेजको यस पुस्तकमा १७ वटा खण्ड छन् ।
काठमाडौं उपत्यकाभित्र लोपोन्मुख तान्त्रिक तथा परम्परागत देवीदेवताका मुकुण्डो नाचहरू (ख्वपाः प्याखं) र तिनका गुरुहरूको इतिहास जोशीद्वारा लिखित यस पुस्तकमा समावेश छन् । साथै, ६ दशकभन्दा लामो समयदेखि नेपाली गीत लेखनको क्षेत्रमा समर्पित भई नेपाली भाषा र वाङ्मयको श्रीवृद्धिमा योगदान पुर्याउन भएका खरेललाई जगदम्बाश्री पुरस्कार प्रदान गरिएको हो ।

