
विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन् ।
उनले संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत पाएका हुन् । उनी कांग्रेस–एमाले गठबन्धन सरकार मुख्यमन्त्री हुन् ।
कोसी प्रदेशसभाको बुधबारको बैठकमा विश्वासको मत लिन उनले प्रस्ताव गरेका थिए । सोही बमोजिम मत विभाजन भएको थियो । मत विभाजनमा ९३ मध्ये ८३ सांसद सहभागी थिए । कार्कीको पक्षमा ६६ मत खस्यो । यसैगरी विपक्षमा १५ मत परेको छ । सहभागी नहुने सांसदको संख्या दुई थियो । माओवादी केन्द्र र राप्रपाले विपक्षमा मतदान गरेका छन् ।




