
बजारमा अन्डाको मूल्य फेरि बढेको छ ।
नेपाल लेयर्स कुखुरापालक संघले आज मंगलबारदेखि लागु हुने गरी अन्डा प्रतिक्रेट १० देखि १५ रुपैयाँसम्म बढेको बताएको छ ।
संघले जारी गरेको तथ्यांक अनुसार सबैभन्दा ठूलो (एक्सएल) अन्डाको डिपो तथा डिलर मूल्य प्रतिपेटी ४ हजार ३०० रुपैयाँ र ठूलो अन्डाको मूल्य प्रतिपेटी ४ हजार २०० रुपैयाँ तोकिएको छ ।
यसअनुसार अब सबैभन्दा ठूलो अन्डा प्रतिक्रेट ६ सय १५, ठूलो अन्डा प्रतिक्रेट ६ सय रुपैयाँ पर्नेछ । यसअघि १९ भदौदेखि लागु हुने गरी संघले मूल्य तोकेको थियो । त्यसबेला सबैभन्दा ठूलो अन्डा प्रतिक्रेट ६ सय ५ रुपैयाँ, ठूलो अन्डा ५ सय ९० रुपैयाँ र मिडियम अन्डा ५ सय ५० रुपैयाँ तोकिएको थियो । सानो अन्डाको मूल्य भने प्रतिपेटी ३ हजार २०० रुपैयाँ कायम थियो ।
उपभोक्ताले पहिले जस्तै ठूलो अन्डा प्रतिगोटा २५ रुपैयाँ र मिडियम अण्डा २ गोटाको ४५ रुपैयाँमै खरिद गर्न पाउने संघका सचिव मदन पोखरेलले जानकारी दिए ।


