
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समितिको बैठक आज बस्दै छ ।
पार्टी प्रवक्ता प्रकाश ज्वालाका अनुसार मंगलबार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने छ ।
उनका अनुसार रसुवा बाढी पहिरोपछिको अवस्था, यसबारे सरकारको कामकारबाही, पार्टीले खेलेको भूमिका र आगामी दिनमा गर्ने काम तथा सरकारलाई दिने सुझावको विषयमा छलफल गर्न लागिएको छ ।
प्रवक्ता ज्वालाका अनुसार बैठकपछि पार्टीले सरकारलाई सुझाव दिनेछ ।
बाढी पहिरो पीडितको राहत, उद्धार पुर्नस्थानपाको विषयमा सरकारको कामको मूल्यांकन र पार्टीको भूमिको समीक्षा हुनेछ ।
यसबाहेक आन्तरिक संगठनात्मक सवाल, पछिल्लो राष्ट्रिय राजनीति घटनाक्रम लगायतका विषयमा पनि छलफल हुने उनले बताए ।


