
काठमाडौँ। रियाल मड्रिडले स्पेनिस ला लिगामा मंगलबार इल्चेविरुद्ध ३–२ को रोमाञ्चक जित निकालेको छ ।
म्यानुअल मार्टिनेज भलेरो रंगशालामा रियाललाई जित दिलाउन किलियन एमबाप्पे र कार्लोस एस्पीले एक–एक गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो । इल्चेका लागि एबिएल ओसोरियो र फेर निन्योले एक–एक गोल फर्काए ।
गोलकिपर माटियस डिटुरोबाट आत्मघाती गोल हुन पुग्दा २५औँ मिनेटमा रियालले अग्रता लिएको थियो । आठ मिनेटपछि एमबाप्पेले रियालको अग्रता दोब्बर बनाए ।
एबिलएलले ७१ र निन्योले ८३औँ मिनेटमा गोल गर्दै इल्चेलाई २–२ को बराबरीमा ल्याए । इन्जुरी समयमा एस्पीले गोल गर्दा रियालले रोमाञ्चक जित निकाल्यो ।
जितसँगै ६ खेलमा १५ अंक जोडेको रियाल दोस्रो स्थानमा छ । पराजित इल्चे समान खेलबाट दुई अंकका साथ पुछारमा छ ।





