
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ ।
जारी मतगणनामा सहमहामन्त्री खुलातर्फ चार हजार ९८९ मतगणना भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
सहमहामन्त्री खुलातर्फ दुई पदका लागि भएको निर्वाचनमा रामहरि खतिवडाले दुई हजार १३७ र अजय सिवाकोटीले एक हजार ५२४ मतसहित अग्रता लिइरहेका छन् ।
डिल्लिराम सुवेदीले एक हजार २५९, देवेन्द्रराज कँडेलले ९९०, राजीव ढुंगानाले ८७८, विकास कोइरालाले ८०३, अमृतकुमार अर्यालले ६५५, रमेशप्रसाद धमलाले ५७३ र विमलराज क्षेत्रीले १९२ मत पाएका छन् ।

