
काठमाडौँ । नेकपा (एमाले)को राष्ट्रिय कार्यकर्ता भेला आउँदो मंसिर २ र ३ गते काठमाडौंमा हुने भएको छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कमिटीमा मनोनीत भएकाहरूको शपथ कार्यक्रममा उक्त जानकारी गराइएको हो ।
संगठन विभाग प्रमुख भानुभक्त ढकालले कार्यकर्ता भेलाको मितिबारे जानकारी गराएका हुन् । केही दिनअघि बसेको स्थायी कमिटी बैठकले मंसिरको पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला हुने जानकारी गराएका थिए ।
