
नेपालगञ्ज । कृतिकार तारा खत्री रोकायाको ‘जीतको उज्यालो’को विमोचन भयो ।
भेरी साहित्य समाज केन्द्रीय समिति र पूर्णतारा फाउन्डेसन नेपालको संयुक्त आयोजनामा कृतिको परिचर्चा एवम् दशैं-तिहार, नेपाल संवत् तथा छठपर्वको शुभकामना आदानप्रदान कार्यक्रम भेरी साहित्य समाजका केन्द्रीय अध्यक्ष प्राडा गोपालप्रसाद शर्मा अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
सोमबार आयोजित उक्त कार्यक्रममा कृतिमाथिको परिचर्चा सञ्चारकर्मी एवम् साहित्यकार वीरेन्द्रप्रसाद जैसी, दीपेन्द्रबहादुर सिंह र प्रजापति नेगीले गरे ।
उक्त कार्यक्रममा प्राज्ञहरु सनत रेग्मी, डा..हरिप्रसाद तिमिल्सिना, श्करण पौडेल आचार्य, खगेन्द्रगिरी कोपिला, महानन्द ढकाल, विशिष्ट अतिथिको रुपमा उपस्थित रहेका थिए ।
लेखक नरेन्द्रजंग पिटर, निवर्तमान अध्यक्ष इन्द्रबहादुर बस्नेत, कल्पना फाउन्डेसन नेपालकी अध्यक्ष कल्पना पौडेल जिज्ञासु, महेन्द्र पुस्तकालयका अध्यक्ष श्री बलराम यादवज्यू, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका अध्यक्ष डा. पुष्करनाथ रिजाल सिर्जना साहित्य प्रतिष्ठानका महासचिव जीतबहादुर शाह, प्रलेस बाँकेकी अध्यक्ष चरित्रा शाह, मध्यपश्चिम स्रस्टा समाज बाँके अध्यक्ष बि.पी.अस्तुज्यूले कार्यक्रममा शुभकामना मन्तव्य राखे ।

कार्यक्रममा विभिन्न व्यक्ति संघसंस्थालाई सम्मान र मायाको चिनो प्रदान गरिएको थियो साथै सो कार्यक्रममा भेसास केन्द्रीय समितिका नवनिर्वाचित सदस्य एवम् पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गर्नुका साथै समाजको ८औं अधिवेशनको निर्वाचन मण्डललाई समेत मायाको चिनो प्रदान गरिएको थियो ।
आयोजक संस्थाका अध्यक्ष मीनाकुमारी बरालको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष इश्वरीप्रसाद रिजालले गरे । उक्त कार्यक्रमको सञ्चालन महासचिव सुन्दर गुरुङले गरेको समाजका वरिष्ठ सल्लाहकार डा. हरिप्रसाद तिमिल्सिनाले इखवर नेटलाई बताए ।

