
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्ले सिफारिस गरेपछि राष्ट्रपति पौडेलले उक्त अध्यादेश जारी गरेका हुन् ।
संविधानको धारा १४४ को उपधारा १ अनुसार राष्ट्रपति पौडेलले उक्त अध्यादेश बुधबार जारी गरेका हुन् । विपद्मा बेपत्ता रहेकाहरूको हकमा मृत्यु दर्ताको समयावधि उक्त अध्यादेशले छोट्टाएको छ ।
यसअघि बेपत्ता भएका व्यक्तिको हकमा १२ वर्षपछि मात्रै मृत्यु दर्ता गर्नसक्ने प्रावधानलाई संशोधन गर्दै ४५ दिनभित्र मृत्यु दर्ता कायम गर्नसकिने व्यवस्था सरकारले उक्त अध्यादेशमार्फत गरेको हो ।

