
काठमाडौँ । पृथ्वी राजमार्गस्थित धादिङको गजुरी गाउँपालिका-५ स्थित गलौंदी क्षेत्रमा सडक भासिएपछि सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ ।
त्रिशूली नदीको कटानका कारण सडक भासिएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले उक्त मार्ग भएर चल्ने सम्पूर्ण सवारीसाधनहरूलाई रोक लगाएको हो ।
धादिङका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलद्वारा शुक्रबार जारी विज्ञप्तिअनुसार अर्को सूचना जारी नहुँदासम्मका लागि सवारी आवागमनमा पूर्ण रोक लगाइएको छ ।

