
काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको १५ सयले बढेर तोलाको २ लाख ९४ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ९३ हजार ३ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २५ रुपैयाँले बढेर ४४५० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४४२५ मा कारोबार भएको थियो ।








