
काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आज शुक्रबार नेप्से ११.९० अंकले घटेर २५८७.२५ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३५६ कम्पनिका एक करोड १९ लाख १२ हजार ५५० कित्ता शेयर ४ अर्ब २९ करोड ३७ लाख ७४ हजार १८१ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज, सबैभन्दा बढी एनएमबी डिभेन्चरको शेयर १४.२९ प्रतिशतले बढेको छ भने एसबिएल डिभेन्चरको शेयर ८.८० प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सिन्धु विकास बैंकको शेयर ८.५५ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी एसबिएल डिभेन्चरको २६ करोड ५३ लाख बराबरको कारोबार भएको छ भने रिलायन्स स्पिनिंग मिल्सको १५ करोड ५३ लाख बराबरको कारोबार भएको छ ।






