
काठमाडौँ । देशका विभिन्न भागमा भइरहेको वर्षासँगै ठूला नदीहरूमा पानीको बहाव बढेर सतर्कता तह पार गरेको छ।
जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ६ बजेको मापनमा सुनकोशी, बुढीगण्डकी र महाकाली नदीले सतर्कता तह पार गरेका हुन्।
नदीहरूमा पानीको सतह बढेर चेतावनीको तहमा पुगेकाले बाढी पूर्वानुमान महाशाखाले ती नदीका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।
बाढीको जोखिम कायमै रहने सम्भावना रहेकाले नदी किनारका क्षेत्रमा रहेका सर्वसाधारणलाई सतर्क रहन र सुरक्षित स्थानको पहिचान गरिराख्न प्रशासनले आग्रह गरेको छ।
