
पनौती,काभ्रे । श्री जनमैत्री साकोसद्धारा हिमालयन लिकी फाउण्डेसनको संयुक्त साझेदारीमा संचालित महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत १४ गतेबाट हिउँदे तरकारीको बीउ बितरण कार्य सुरु भएको छ ।
विभिन्न समूहमध्ये संसारीदेबी महिला समुह, प्रगतिशील महिला समुह, सिपबिकास महिला समूह, आरुचौर महिला समुह, बाँसुरीटोल महिला समुह र नाङ्साल महिला समुह , सुर्योदय महिला समुह, पन्चकन्या महिला समुह र सिरानडाँडा महिला समुहमा बीउ बितरण कार्य सम्पन्न भएको साकोसका प्रमुख व्यवस्थापक वेदप्रसाद सापकोटाले इखबर नेटलाई जानकारी दिए ।

जनमैत्री साकोससँग केही वर्षदेखि साझेदारीमा कार्य गर्दै आएको हिमालयन लिकी फाउण्डेसनले आयमूलक विभिन्न तालिमहरु,उन्नत वीउ विजन वितरण,महिला सशक्तीकरण तालिम लगायतका विभिन्न गतिविधिहरु गर्दै आएको छ । हाल जनमैत्री साकोसका विभिन्न १४ महिला समूहहरु गठन भै सक्रिय रहेका छन् ।



