
काठमाडौं । अविरल वर्षापछि आएको बाढीका कारण नारायणी नदीले खतराको तह पार गरेको छ ।
बाढी पूर्वानुमान महाशाखाको आइतबार (असोज ११) बिहान ५:४० को अपडेटअनुसार नारायणी नदीले खतराको तह पार गरेको हो ।
“नारायणी नदीको देवघाटमा बाढी बढिरहेको र खतरा तह पार गरेकोले डुबान भइरहने ठाउँका बासिन्दाले आज साँझसम्मै उच्च सतर्कता अपनाइराखौँ,” महाशाखाले भनेको छ ।

