
काठमाडौं साउन २४गते । हिमशिखर बोर्डिङ स्कुलले प्रथम मोरल तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ । हिमशिखर ५ स्वर्ण, १ रजत र ४ कांस्यसहित टिम च्याम्पियन बन्यो ।
आयोजक मोरल एकेडेमी ४ स्वर्ण, २ रजत र ९ कांस्यसाथ दोश्रो भयो । लाजिम्पाटस्थित आयोजको हातामा भएको प्रतियोगितामा तेश्रो स्थानको श्री पिङला तेक्वान्दो डोजाङले ३ स्वर्ण, ३ रजत र ४ कांस्य हात पा¥यो ।
विजेतालाई आयोजक मोरलकी प्रिन्सिपल रश्मि गुरुङ, राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य कुमार लामा घिसिङ, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गी, तेक्वान्दोका सहायक मुख्य प्रशिक्षक नोर्बु लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि एकदिने प्रतियोगिताको काठमाडौं महानगरपालिका वडा २ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले उद्घाटन गरेका थिए ।
प्रतियोगितामा १३ टिमका १ सय ५० खेलाडीले २४ स्पर्धामा प्रतिस्पर्धा गरेको आयोजक मोरल एकेडेमीका मुख्य प्रशिक्षक मनोज साहले जनाएका छन् ।







