
काठमाडौं साउन २७ गते । मित्रराष्ट्र जापनमा आगामी असोज ३ गतेदेखि सन्चालन हुने २०औं एशियाली खेलकुदमा नेपालका तर्फबाट इ–स्पोर्टका खेलाडीहरुले सहभागिता हुन नपाएको भनि सार्वजनिक भएका खबरहरु प्रति राष्ट्रिय खेलकुद परिषद्को गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपालका तर्फबाट सहभागिताका लागि राष्ट्रिय खेलकुद परिषद्ले नेपाल ओलम्पिक कमिटि मार्फत प्रारम्भिक नामावली (लङलिष्ट) पठाउदा परिषद्मा आधिकारीक रुपमा दर्ता रहेको ई–स्पोर्ट संघ, नेपाल (NESA) संगको समन्वयमा ई–स्पोर्टका खेलाडीहरुको नामावाली समावेश गरिएको थियो ।
यसै बीचमा ई स्पोर्ट सम्बन्धी नेपाल ई स्पोर्ट्स संघ (NESA) भन्ने संस्थाले पनि गतिविधि सन्चालन गरिरहेको जानकारीमा आए पछि परिषद्ले खेलाडीहरुको भविश्यलाई मध्यनजर गरी सहभागिता सम्बन्धमा आवश्यक छलफल र समन्वय गर्न पत्राचार ग¥यो । तर उक्त नेपाल ई स्पोर्ट्स संघ (NESA)) तत्काल परिषद्को सम्पर्कमा आएन । यसै बीच लङलिष्टमा समावेश भएका खेलाडीहरु मध्ये प्रतियोगितामा सहभागिता जनाउन योग्य स्वीकृत कोटाका खेलाडीहरुको अन्तिम नामावलीे (shorth list) आयोजक राष्ट्रले निर्धारण गरेको समय भित्र नेपाल ओलम्पिक कमिटि मार्फत पठाउनु पर्ने भएकोले ओलम्पिक कमिटिको पत्रानुसार ई स्पोर्ट्स खेलाडीको सहभागिता सम्बन्धिी नामावली सम्बन्धित संघबाट सिफारिस भई आए अनुसार नै १२ जना खेलाडीसहित १५ जनाको सहभागिताका लागि सिफारिस गरिएको थियो ।
परिषद्मा आधिकारीक रुपमा दर्ता रहेको ई स्पोर्ट्स संघ, नेपाल (NESA) ले आफुले सिफारिस गरेका खेलाडीहरु क्वालिफाई (छनोट) हुन नसकेको भन्दै ई स्पोर्टका खेलाडीहरु २०औ एशियाडमा सहभागी हुन नक्ने भनि पत्राचार गरेको हुदँँ परिषद्बाट संघबाट भएको पत्रानुसार नै २०औ एशियाली खेलकुदमा ई स्पोर्ट्स खेलको सहभागिता नहुने निर्णय भएको हुदाँ ई स्पोर्ट खेलका खेलाडीहरु सहभागी हुन नसकेको ब्यहोरा सर्वसाधरण सम्र्पूणमा जानकारी गराउदछौ ।
परिषद्ले समन्वयका लागि गरेको अनुरोधलाई निर्धारित समयसम्म नेपाल ई स्पोर्टस् संघ भन्ने संस्थाले वेवास्ता गरेको तर समय सकिए पछि आफ्ना खेलाडीहरु छनोट भएको भन्दै सहभागी हुन पाउनु पर्ने दावी गरेको थियो । प्रतियोगिताका लागि दर्ता गरिएको खेलाडीहरुको प्रारंभिक नामावली (long list) मा नै समावेश नभएका खेलाडीहरु छनोट भएको दावीलाई परिषद्ले कार्यान्वयन गर्न असमर्थ रहेको हो । तर वास्तविकतालाई वेवास्ता गरी एक पक्षिय रुपमा गरिएका भ्रामक खवरहरु प्रति राष्ट्रिय खेलकुद परिषद् गम्भीर असहमती ब्यक्त गर्दछ ।






