
काठमाडौँ । नेपाल प्रहरीले निरन्तर करिब ८ घण्टाको प्रयासपछि कृषि विकास बैंकको त्रिशूली ढुंगे शाखामा रहेको ठूलो परिमाणको नगद, सुन तथा महत्वपूर्ण कागजात सुरक्षित स्थानमा सारेको छ ।
प्रहरीका अनुसार शाखाबाट करिब १ करोड ५० लाख रुपैयाँ नगद, अनुमानित ५० करोड रुपैयाँ बराबरको सुन तथा महत्वपूर्ण कागजात सुरक्षित स्थानमा सारिएको हो।
बाढी तथा विपद्का कारण जोखिममा परेको बैंकको शाखामा प्रहरी टोलीले निरन्तर प्रयास गरी बैंकमा रहेका नगद, सुन तथा महत्वपूर्ण कागजात सुरक्षित स्थानमा स्थानान्तरण गरेको जनाएको छ ।


