
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल सर्बिया भ्रमणमा नजाने भएका छन् । भोटेकोशी बाढीपछि मन्त्री खनाल असंलग्न आन्दोलन (नाम) को हाई लेभल कमेमोरेटिभ मिटिङमा सहभागी हुन आइतबार सर्बियाको राजधानी बेलग्रेड जाने कार्यक्रम स्थगित गरेका हुन् ।
बेलग्रेडमा भदौ १५ र १६ गते हुने हाई लेभल कमेमोरेटिभ मिटिङमा मन्त्री खनालको नेतृत्वमा तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डल उक्त कार्यक्रममा सहभागी हुने तयारी थियो ।
परराष्ट्र मन्त्रालयले भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि मन्त्री खनाल सर्बिया भ्रमणमा नजाने जनाएको छ ।
कार्यक्रममा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयको संयुक्त राष्ट्रसंघ तथा विशिष्टीकृत संघसंस्था महाशाखाका प्रमुख कृष्णप्रसाद ढकालको नेतृत्वमा दुई सदस्यीय प्रतिनिधिमण्डल सहभागी हुने भएको छ ।
