
काठमाडौं । भोटेकोशी बाढीमा बगेका ५९७ जनाको शव फेला परेको छ ।
साँझ ७ बजेसम्मको विवरण अनुसार उक्त संख्यामा शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
हालसम्म १९२४ जना सम्पर्कविहीन रहेको विवरण प्राधिकरणले उल्लेख गरेको छ ।प्राधिकरणका अनुसार रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ४०, गोरखामा ४६ जनाको शव फेला परेको हो । नवलपरासी पूर्वमा १५४, नवलपरासी पश्चिममा २७, तनहुँमा ३० र चितवनमा २३३ जनाको शव फेला परेको प्राधिकरणको विवरण छ ।
बेपत्ता हुनेहरूमा नेपाल प्रहरीका २८ जना, नेपाली सेनाका ४५, सशस्त्र प्रहरीका १३ जना छन् । यस्तै, भन्सारका १५, अध्यागमन कार्यालयका १५ जना रहेको प्राधिकरणले जनाएको छ । यस्तै, जलविद्युत आयोजनाका ९३३, विदेशी नागरिक ५१७ जना रहेको प्राधिकरणले जनाएको छ । रसुवा, नुवाकोट, मकवानपुरबाट सम्पर्कविहीनका केही विवरण प्राप्त भएको प्राधिकरणले उल्लेख गरेको छ।
प्राधिकरणका अनुसार अस्पतालमा १०१ जना घाइते उपचाररत छन् ।उद्धार तथा राहतका लागि १५हजार ४३१ जना सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।
