
काठमाडौँ ।प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन०ले रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण उत्पन्न परिस्थितिलाई लिएर प्रभावित क्षेत्रका सांसदहरूसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधबार भएको छलफलमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका सांसदहरू सहभागी थिए ।
बाढीले पुर्याएको क्षति, तटीय क्षेत्रका बस्तीहरूको अवस्था, उद्धार तथा राहत कार्यका विषयमा केन्द्रित भई छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
छलफलमा त्यस क्षेत्रका सांसदहरूले आ–आफ्नो क्षेत्रमा परेको असर र उद्धार तथा राहतका लागि आवश्यक कदमबारे प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराएका थिए ।
