
पोखरा । गण्डकी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर चार मन्त्रीहरुले राजीनामा पत्र बुझाएका हुन् ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था गोविन्द बहादुर नेपाली, कृषि मन्त्री भीमबहादुर कार्की, उद्योग तथा पर्यटन यशोदा रिमाल र स्वास्थ्य मन्त्री लक्ष्मण बहादुर पाण्डेले राजीनामा दिएका हुन् ।
