
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका अनुसार तिब्बतबाट रसुवा हुँदै आएको बाढीका कारण सरकारी र निजी क्षेत्रले निर्माण गरिरहेका १४ वटा जलविद्युत तथा सोलार आयोजनामा क्षति पुगेको छ।
इप्पानको प्रारम्भिक विवरण अनुसार विद्युत उत्पादन गरिरहेका ९ वटा र निर्माणाधीन ५ वटा गरी कुल १४ वटा आयोजनामा क्षति पुगेको हो।
क्षति पुगेका ३५४ मेगावाट बिजुली उत्पादन गरिरहेका र निर्माणाधीन ३९४ मेगावाट क्षमता गरी कुल ७४८ मेगावाट क्षमताका आयोजनामा क्षति पुगेको हो।
रसुवा जिल्लामा रहेका माथिल्लो त्रिशूली १, रसुवागढी जलविद्युत आयोजना, रसुवा भोटेकोशी, माथिल्लो मैलुङ ए, सान्जेन खोला, लाङटाङ खोला र चिलिमे जलविद्युत आयोजनामा क्षति पुगेको हो।
त्यस्तै नुवाकोट जिल्लास्थित त्रिशूली, देवीघाट लगायत आयोजनमा क्षति पुगेको छ।
