
काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको बाढीका कारण पृथ्वी राजमार्ग तथा मुग्लिन–नारायणगढ सडक खण्डमा सवारी आवागमन बन्द गरिएको छ।
नेपाल प्रहरीले अर्को सूचना जारी नभएसम्म यी सडक खण्डमा सवारी आवागमन बन्द गरिएको जनाएको छ। बाढीको जोखिमलाई ध्यानमा राख्दै सडकको अवस्था सामान्य नभएसम्म यात्रा नगर्न प्रहरीले आग्रह गरेको छ।
