
विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन्।
सोमबार प्रदेशसभामा भएको मतदानमा उनले विश्वासको मत पाएका हुन्। नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न उहाँले प्रदेशसभा नियमावली, २०७४ को नियम १२८ को उपनियम (४) बमोजिम प्रस्ताव पेस गरेका थिए ।
मुख्यमन्त्री कार्कीको प्रस्तावका पक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेशसभा सदस्यले मत दिए । उनले ५७ मत प्राप्त गरे । कोसी प्रदेशसभामा एमालेका ४० र नेकपाका १७ सदस्य छन् । विपक्षमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्यले मतदान गरे ।
नेपाली कांग्रेसका २९ सदस्य रहेकामा विपक्षमा २२ मत परेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीका सभामुखसहित पाँच सदस्य छन् । उनीहरू तटस्थ रहे । प्रदेशसभाको अर्को बैठक भदौ ९ गते दिउँसो १:00 बजे बोलाइएको छ ।


