
काठमाडौं । व्यवसायी शेखर गोल्छासँग अदालतले एक करोड धरौटी माग गरेको छ ।
सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतमा मंगलबार भएको थुनछेक बहसपछि करोड धरौटी माग भएको हो। गोल्छा आज मंगलबार अदालत उपस्थित भएका थिए।
न्यायाधीश बासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले धरौटी माग गर्ने आदेश दिएको हो।
उनी यसअघि पनि एक करोड धरौटी बुझाएर रिहा भएका थिए। १२ साउनमा काठमाडौं जिल्ला अदालतले बीमासम्बन्धी कसुरमा ७५ लाख र धितोपत्र सम्बन्धी कसुरमा २५ लाख गरी एक करोड धरौटी माग गरेको थियो।


