
काठमाडौँ। एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापालाई ३३ बुँदे मागपत्र बुझाएका छन् ।
त्रिवि अनेरास्ववियुले बुझाएको माग पत्रमा शैक्षिक, प्रशासनिक, परीक्षा प्रणाली, छात्रवृत्ति, शुल्क, पूर्वाधार तथा विद्यार्थी सेवासम्बन्धी समस्या समाधान गर्न भनिएको छ ।
अनेरास्ववियु त्रिवि जिल्ला कमिटीले मागपत्र बुझाएको हो ।
आफ्ना जायज मागहरु पुरा नभएमा अनेरास्ववियू आन्दोलनका थप कार्यक्रम गर्न बाध्य हुने सहसंयोजक हिम्मतकुमार बुढाद्धारा हस्ताक्षरित मागपत्रमा जनाइएको छ।



