
बुटवल । बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत गौडेपुलनजिकै बिहीबार (साउन २१) बिहान सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध हुँदा सिद्धार्थ राजमार्ग हुँदै बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, पोखरालगायत जिल्लामा जाने सवारीसाधन बीचबाटोमै अलपत्र परेका छन् । त्यताबाट बुटवलतर्फ आउने सवारीसाधन पनि अलपत्र परेका छन् ।
सडक खुलाउनका निम्ति पहिरो पन्छाउने कार्य भइरहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।
सडक पूण रूपमा सञ्चालनमा ल्याउन अझै केही समय लाग्ने जनाइएको छ ।




