
काठमाडौं । ललितपुरको ग्वार्को फ्लाइओभरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार बिहीबार बिहान करिब १०ः३० बजे कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा २ ख ३५९० नम्बरको बस फ्लाइओभरमा ठोक्किएर दुर्घटनामा परेको हो।
दुर्घटनामा अन्दाजी ४० वर्षीया एक महिलाको मृत्यु भएको जिल्ला जनाइएको छ भने घाइते ६ जनालाई उपचारका लागि बी एन्ड बी अस्पताल पठाइएको छ।
घटनापछि प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
बसमा सवार १८ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
बस काठमाडौंको कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै थियो ।


