
जनकपुरधाम । धनुषाको जनकपुरधाममा कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरिएको छ ।
शनिबार जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरेको हो ।
गएको विहीबार हिंसा भड्किन सक्ने भन्दै प्रशासनले कर्फ्यु जारी गरेको थियो । आज सद्भाव र्याली निकालेर जनजीवन सामान्य बन्न थालेपछि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए ।
उनका अनुसार लक्ष्मीनियाँ गाउँपालिका, नगराइन र जनकपुरधाम उपमहानगरपालिका आसपासका क्षेत्रमा निषेधाज्ञा लगाइएको छ ।

