
सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लाको पछिल्लो सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै लहान नगरपालिकाको विभिन्न क्षेत्रमा लगाइएको अनिश्चितकालीन कर्फ्यु हटाएको छ ।
जिल्ला प्रशासन कार्यालयले आज बिहान १० बजेदेखि लहान क्षेत्रको कर्फ्यु हटाइएको जानकारी दिएको छ ।
सिरहाको गोलबजार नगरपालिका-३ स्थित कसहा खोलादेखि पश्चिमतर्फ चोहर्वा चोकसम्म, उत्तरतर्फ वडा नम्बर ६ को सैनिक चोकदेखि दक्षिणतर्फ वडा नम्बर ४ मा रहेको राष्ट्रिय प्रजातन्त्र राष्ट्रिय प्रजातन्त्र बहुमुखी क्याम्पस आसपासको क्षेत्रमा भने कर्फ्यु यथावत रहेको छ ।


