
काठमाडौँ । गण्डकी प्रदेशका पूर्वमन्त्री राजिव गुरूङ (दीपक मनाङे)नेपाली कांग्रेस प्रवेश गरेका छन्।
निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले मनाङेलाई पार्टी प्रवेश गराएका हुन्।
मनाङे सोमबार पार्टी प्रवेश गरेका थिए।
१५ औं महाधिवेशन तयारी समितिको सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुईकेलले मनाङे कांग्रेस प्रवेश गरेको जानकारी दिए।साथै १५ औं महाधिवेशन तयारी समितिका संयोजक पूर्वमहामन्त्री शशांक कोइरालाले मनाङेलाई मनाङ संयोजक बनाएका हुन्।
मनाङे दुई पटक स्वतन्त्र उम्मेदवार रहेर मनाङबाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए। पछि उनी नेकपा एकीकृत समाजवादीमा पनि सक्रिय भएका थिए।

