
काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई हिरासतमा भेट्न नदिएको विषयमा उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले राष्ट्रिय मानव अधिकार आयोग पुगेर बयान दिएका छन् ।
आयोगका पदाधिकारीलाई हिरासतको अनुगमनमा रोक लगाएको विषयमा एसएसपी खड्कालाई मंगलबार ९असोज १३० बयानका लागि डाकिएको थियो । खड्का मंगलबार बिहान बयानका लागि आयोग पुगेका थिए । उनी करिब एक घण्टा बयान दिएर फर्किएका छन् ।
“आयोगले भेट अनुगमन गर्न नदिएको विषयमा सोधपुछ गरेको छ,” आयोग प्रवक्ता डा. टीकाराम पोखरेलले बताए । उनले भने, “उहाँ आयोगबाट फर्किसक्नुभएको छ ।”
उता पूर्वप्रधानन्यायाधीश जबरा सोमबार नै हिरासतमुक्त भइसकेका छन् ।


