
काठमाडौँ।त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले पूर्णता पाएको छ ।
त्रिवि कार्यकारी परिषद् सदस्यमा भूगोल केन्द्रीय विभागका प्रा.डा.कन्हैया सापकोटा, वनस्पति केन्द्रीय विभागका प्रमुख प्रा.डा.विजया पन्त, त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन प्रा.डा.मोहनराज शर्मा, कानुन संकायका डिन प्रा.डा.डीएन पराजुली नियुक्त भएको त्रिविका प्रवक्ता नविन्द्रप्रसाद भण्डारीले जानकारी दिए ।
त्रिभुवन विश्वविद्यालय ऐन २०४९ ९संशोधन २०७७ असार ११० अनुसार परिषद्को अध्यक्ष उपकुलपति रहने व्यवस्था छ । यस्तै, सदस्यहरूमा शिक्षाध्यक्ष, अध्ययन संस्थानका डिनमध्येबाट एक जना, संकायका डीनमध्येबाट एक जना, विश्वविद्यालयका शिक्षकमध्येबाट दुई जना रहने व्यवस्था त्रिवि ऐनमा छ ।
ऐनमा रजिस्ट्रार सदस्यसचिव रहने प्रावधान छ । त्रिवि कार्यकारी परिषद् सदस्यको नियुक्ति अनुमोदन त्रिवि सभाले गर्ने प्रावधान छ ।
उनीहरूको कार्यकाल २ वर्षको हुने व्यवस्था छ।

