
चितवन।मुग्लिङ-नारायणगढ सडकखण्ड पहिरोले अवरूद्ध भएको छ।
मंगलबार बिहान साढे ८ बजे चितवनको इच्छाकामना गाउँपालिका-५ मुग्लिङ बजारको शौचालय नजिकै सुख्खा पहिरो खसेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चन्द्रभुषण यादवले जानकारी दिए।
पहिरोले सडकखण्ड अवरूद्ध भएको छ।
अवरूद्ध रहेको सडक खुलाउनका लागि सडक विभागसँग प्रहरीले समन्वय गरिरहेको छ।
