
काठमाडौँ ।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ । हाल मनसुनको न्यूनचापीय रेखा नेपालको पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ तथा पूर्वी भूभागमा सरदर स्थानको आसपासमा रहेको छ ।
देशका केही प्रदेशमा आज भारी वर्षाको सम्भावना छ ।
दिउँसो गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
राति वाग्मती, गण्डकी र कोसी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ ।
मधेस र कोसी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ । देशको हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
विभागले वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेस र कोसी प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको बताएको छ ।
विभागका अनुसार, राति देशभर साधारणतया बादल लाग्नेछ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।
वाग्मती र गण्डकी प्रदेशको तराई भूभागका केही स्थान, कोसी प्रदेशको तराई र मधेस प्रदेशको थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।


