
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार राति काठमाडौंको असनमा अमोघपास लोकेश्वर (सेतो मछिन्द्रनाथ)को विशेष पूजाअर्चना गरेका छन् ।

चैत्र शुक्ल अष्टमीको अवसरमा आयोजित रथयात्रा असन पुगेपछि राष्ट्रपति पौडेलले परम्पराअनुसार पूजाअर्चना गरेका हुन् ।

राष्ट्रपति पौडेलले असनमा रथको दर्शन गरी परम्परागत विधिअनुसार पूजाअर्चना गरेका थिए । यो रथयात्रा काठमाडौंको सांस्कृतिक महत्त्व बोकेको एक महत्त्वपूर्ण पर्व हो ।



