काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह गरेका छन् ।
सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ को नेतृत्वमा गएका नेताहरूले शनिबार सभापति थापालाई पदबाट राजीनामा नदिन आग्रह गरेका हुन् ।
मुलुक, संविधान र पार्टीमाथि चुनौती देखिएका कारण राजीनामा नदिन आग्रह गरेको उनले बताए ।
‘संसदीय व्यवस्थामा निर्वाचनमा हारजित भइहाल्न्छ । मतदाताले कहिलेकाहीँ झुक्केर पनि मन र मत परिवर्तन गर्छन् । त्यसलाई अन्यथा लिनु हुँदैन भन्ने कुरामा उनीहरुले जोड दिएको बताए ।
केही दिनअघि उपसभापति विश्वप्रकाश शर्मासँगको भेटमा गगनले राजीनामा दिने मनस्थिति बनाएको बताएका थिए ।
आज गगनलाई भेट्न काँगे्रसका दर्जनौ नेता गएका थिए ।



